काठमाडौंमाकाे भृकुटिमण्डपमा चैत १७ देखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो हुँदै


१३ चैत्र २०७९, सोमबार १७:४२ मा प्रकाशित

काठमाडौं । २४ औं फ्लोरा एक्स्पो २०७९ चैत्र १७ गते देखि काठमाडौंमा सुरु हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १७ देखि २० गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा फ्लोरा एक्स्पो हुने जानकारी गराएको हो ।

स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनको लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक शिव बहादुर खड्काले जानकारी दिनुभयो ।

एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा , ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड स्टल सहित जम्मा ८० वटा स्टल रहने छन् भने मेलामा आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगाएतको प्रदर्शनी तथा विक्री कक्ष रहने उहाले बताउनुभयो ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

एक्स्पो अवधि भित्र ४७ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाख सम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here