प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेट : भाेलि सत्ता गठबन्धनकाे बैठक बस्ने


१३ चैत्र २०७९, सोमबार १६:३७ मा प्रकाशित

काठमाण्डौ । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच मङ्गलवार भोलि दिउँसो ४ बजे बैठक राख्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा भोलि दिउँसो गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here