जनताकै लागि सेवा गर्ने उच्चतम अठोटका साथ राजनीतिमा अभिप्रेरित हुनुपर्ने राष्ट्रपति पौडेकाे भनाइ


१३ चैत्र २०७९, सोमबार १६:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताकै लागि सेवा गर्ने उच्चतम अठोटका साथ राजनीति अभिप्रेरित हुनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले जनताको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपुरणीय क्षति भएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमान्दारिता नै जोशीको विशेषता भएको बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले मुलुकमा परिवर्तन ल्याउन मूल्य, मान्यता र आदर्शको राजनीति गर्ने व्यक्ति जोशी भएको धारणा राख्नुभयो । विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here