लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनकाे दाबी


१२ चैत्र २०७९, आईतवार १६:५४ मा प्रकाशित

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पुनले एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरुले आइतबार नै सर्मथन फिर्ता लिएकाले कांग्रेस नेतत्वको सरकार बन्ने बताउनुभएको हो ।

सभापति पुनले आइतवार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएको भन्दै २/३ दिन भित्र काग्रेस संसदीय दलका नेता डिल्लि चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।

उहाँले मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

पुनले ५४ जना सांसदहरुले नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली वहादुर चौधरीलाई समर्थन गरेको बताउनुभयो । ८७ जना प्रदेश सांसदहरु रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन् ।

सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here