सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डकाे भनाइ


११ चैत्र २०७९, शनिबार १६:५४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।


शनिबार काठमाडौँमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जेको महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनप्रति अभिरुचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्याउन सक्ने बिपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको बताउनुभयो ।

उहाँले तेस्रो कार्यकालका रूपमा आफुलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको भन्दै अहिलको कार्यकालमा बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न तत्पर रहेको धारणा राख्नुभयो ।
उहाँले राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here