काठमाण्डौको धुम्बाराहीमा ८ वटा गाडी ठोकिँदा ९ जना घाइते


९ चैत्र २०७९, बिहीबार १८:०५ मा प्रकाशित


काठमाण्डौ । काठमाण्डौको धुम्बाराहीमा रहेको चप्पल कारखाना चोकमा आठ वटा गाडी एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा परि नौ जना घाइते भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।

एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुई वटा चार पाङ्ग्रे गाडी, तीन वटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने एक जनालाई शिक्षण अस्पताल महाराजगञ्ज र अरू आठ जनालाई उपचारका लागि हेम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने भ्यानका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here