राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


८ चैत्र २०७९, बुधबार ०९:५० मा प्रकाशित

काठमाडौं । संघीय संसद अन्तर्गत बुधबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रस्तुत गर्ने, सांसद भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here