प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगता आजदेखि काठमाडौंमा सुरु हुँदै, लाओससंग खेल्दै नेपाल


८ चैत्र २०७९, बुधबार ०७:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित भुटान र लाओसले सहभागिता जनाएका छन् । १७ गतेसम्म चल्ने प्रतियोगितमा शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आज नेपालले लाओससँग खेल्दै छ । विगतको भन्दा नेपाली टिममा धेरै परिवर्तन पनि छ । स्टार खेलाडीहरु देश बाहिर जाँदा हालै नियुक्त भएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले नेपाली टिममा नयाँ खेलाडी भए पनि नतिजा राम्रो आउने बताएका छन् ।

यस्तै कप्तान किरण चेम्जोङले लाओसविरुद्ध उत्कृष्ट सुरुआत गर्ने लक्ष्य आफूहरुको हुने बताए । नेपाल र लाओस यसअघि सन् २०१६ मा भएको सोलिडारिटी कपमा भिडेका थिए । त्यतिबेला २–२ गोलको बराबरी हुँदा पेनाल्टी सुटआउटमा नेपाल विजयी भएको थियो ।

पेनाल्टी सेभ गर्दै किरणले जित दिलाएका थिए । नेपाल र लाओसबीचको खेल दशरथ रंगशलामा साँझ ६ बजेदेखि सुरुहुने छ । प्रतियोगीतामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्धितिय पुरस्कार तीन हजार अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० र प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ५ सय गरि कुल ९ हजार ९ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने शाहले बताए ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड ७७ लाख ६८ लाख रुपैया रहेको छ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here