चैत १७ गतेबाट सुरु हुँदै एसईई, ४ लाल ८५ हजार विद्यार्थी सहभागी हुँदै


७ चैत्र २०७९, मंगलवार ०७:४२ मा प्रकाशित

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदैछन् । उक्त परीक्षा चैत १७ गतेदेखि सुरु हुँदैछ। 

परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कक्षा १० को एसईई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदैछन्।

साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र  प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ।  

संघीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो। तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here