उपराष्ट्रपतिमा कस्लाई मतदान गर्ने भन्ने विषयमा रास्वपाको बैठक बस्दै


३ चैत्र २०७९, शुक्रबार ०७:१८ मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कस्लाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।

प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ । 

तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उहाँकोसमेत नाम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here