उपराष्ट्रपतिको चयनका लागि आज मतदान हुँदै, राप्रपाका सांसदले मतदान नगर्ने


३ चैत्र २०७९, शुक्रबार ०७:१४ मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपतिको चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ ।

यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here