झापा । झापाको बितामोड स्थित मनकामना कलेजमा कानुन संकायको पठनपाठन हुने भएको छ ।
आज पत्रकार सम्मेल गर्दै कलेजले कक्षा ११ र १२ मा कानुन संकायमा यस शैक्षिक सत्रबाट पठनपाठन हुने जानकारी दिएको हो । त्रिविले प्रबिणता प्रमाणपत्र तह हटाएपछि पछिल्लो एक दशकदेखि कानुन संकायको अध्ययान गर्नबाट बञ्चित विद्यर्थीहरुलाई मध्यनजर गर्दै यस बिषयमा पठनपाठन थालिएको कलेजका प्राधानाध्यापक प्रेम भट्टराईले जानकारी दिए । १ हजार पूर्णाङक मध्ये ७ सय पूर्णाङ्कको पठनपाठन हुनेगरि संकाय थप गरिएको हो । यस बिषयको लागि पहिलो बर्ष इन्ट्रान्सिपको माध्यमबाट ४० जना विद्यार्थी भर्ना लिने उनले जानकारी दिए ।
यसैगरि ट्राभल एण्ड टुरिजम र होलट मेनेजमेन्ट बिषय पनि यसै शैक्षिक सत्रबाट थप गरिएको भट्टराईले जानकारी दिए । काठमाडौँ भन्दा बाहिर पहिलो पटक पत्रकारिता बिषयको पठनपाठन गराउने पहिलो कलेजको रुपमा पनि यस कलेजलाई लिने गरिएको छ ।
काठमाडौँमा कानुन संकाय अध्यान गर्नको लागि १ लाख ५० हजार भन्दा माथि लाग्ने भएता पनि यस कलेजले ५० हजारमै पठनपाठन गराउन लागेको हो । विद्यार्थीहरुको आर्थिक अवस्थालाई मध्यनजर गरि कम शुल्कमा पठनपाठन गराउन लागिएको कलेजमा हाल समाजशास्त्र बिषय पढाउँदै आएका शिक्षक सुधिर सुवेदीले जानकारी दिए । शुल्क कम भएता पनि अध्ययानको गुणस्तरमा कुनै असर पर्न नदिने उनले बताए ।





