धनकुटाका ७ वटै क्याम्पसमा स्ववियू सर्वसम्वत


२८ फाल्गुन २०७९, आईतवार १७:४५ मा प्रकाशित

करिब १४ बर्षदेखि स्ववियूविहिन बनेका धनकुटाका ७ वटा क्याम्पसमा ५ वटा विद्यार्थी संगठनहरु मिल्दा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन्।

शनिबार भएको उम्मेदवारको मनोनयन सहमतिबाट गरिएका कारण धनकुटाका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चुनिएका हुन्।

सहमति अनुसार धनकुटा बहुमुखि क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पस, गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा नेपाल विद्याथी संघको नेतृत्वमा र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरु पुरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गर्न भने बाँकी रहेको धनकुटा बहुमुखि क्याम्पसका निर्वाचन अधिकृत मान बहादुर भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकीको मात्रै उम्मेदवारी दर्ता भएपछि उहाँ सर्वसम्मत चुनिनु भएकाे हाे ।

बुढाथोकी अनेरास्ववियु धनकुटाका सचिव समेत हुन् । स्ववियुको सचिवमा नेविसंघबाट सुवास खनाल र कोषाध्यक्षमा अनेरास्ववियुकै युवा तिम्सिना सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुबाट प्रविण खनाल, टेकेन्द्र सापकोटा, नविन पौडेल, भूमीराज राई, सुजन सुवेदी, मुना चापागाँई र कविता विश्वकर्मा चयन भएका छन् ।

नेविसंघबाट सदस्यहरुमा मेलिना राई, सुवाष भण्डारी र अनिल भट्टराई, अखिल क्रान्तिकारीबाट सदस्यहरुमा विपिनराज थापा, निरुता थापा मगर र किशोरकुमार रायमाझी चयन भएका छन् ।


नेकपा एस निकट अनेरास्ववियूबाट मनोज तामाङ र नानुका ठकुरी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियनबाट निशा राई सर्वसम्मत चयन भएको जनाइएको छ ।

पाँचथर बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) को सभापतिमा नेपाल बिद्यार्थी संघकी मुना नेपाली सर्बसम्मत चयन हुनु भएको छ ।

क्यासम्पसमा अस्तित्वमा रहेका बिद्यार्थी संगठनहरुको सहमतिमा नेपाली सर्बसम्मत चयन भएको हो । समितिको उपसभापतिमा अनेरास्यबियुका उमेश सुवेदी, सचिवमा अनेरास्यबियु क्रान्तिकारीका प्रबेश राई, सह—सचिवमा एकिकृत समाजवादी निकट अनेरास्यबियुका बिशाल राई र कोषाध्यक्षमा संघीय बिद्यार्थी युनियनकी रोजा जबेगु चयन हुनु भएको छ ।

सदस्यमा राप्रवि संघका राजेन्द्र मेयोङ्बा र आकृति थाम्सुहाङ, नेविसंघका कञ्चन योङ्हाङ र सुनिता न्यौपाने, समाजवादी बिद्यार्थी युनियनका बुद्धराज लिम्बू, अनेरास्यबियु क्रान्तिकारीका सन्दिप सुहाङ, समाजवादी निकट अनेरास्यबियुकी मञ्जु अधिकारी, अनेरास्यबियुका दिनेश केरुङ, कबिता आचार्य र कोपिला आचार्य चयन भएका हुन् ।

पाँचथर क्याम्पसले १६ बर्षपछि स्वबियुको नेतृत्व पाएको हो । २०६३ सालपछि क्याम्पसमा स्वबियुको निर्वाचन हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here