सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो


८ चैत्र २०८२, आईतवार ११:१५ मा प्रकाशित

काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।

आइबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here