उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित


२८ फाल्गुन २०७९, आईतवार १७:२७ मा प्रकाशित

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँच–बुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

अन्तिम नामावलीमा मनोनयन दर्ता गराएका चारै जनाको नाम उल्लेख छ ।

जसमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव रहनुभएको छ । आगामी चैत ३ गते हुने संघीय संसद भवनमा उपराष्ट्रपति निर्वाचन हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here