काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग हुनु भएको छ ।
पौडेलले आइतबार कांग्रेसबाट अलग भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउनु भएको हो ।
पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्यबाट अलग भएको जानकारी गराउनु भयो ।
पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थियो । नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएको थियो ।






