मन्त्री बन्ने चाहना छैन : गगनकुमार थापा


२८ फाल्गुन २०७९, आईतवार १६:१८ मा प्रकाशित


झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता बिषयक कार्यक्रममा थापाले पाँच बर्षका लागि बनेको सरकारले जनताले अपेक्षा गरेअनुसार पाँच महिनामा नै सुधारका संकेत देखाउनुपर्ने बताउनुभएको हो ।

राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको भन्दै थापाले छिटो भन्दा छिटो मन्त्रीपरिषद् बिस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने उहाँले बताउनुभयो ।

उहाँले आफु प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रुपमा जनताको सेवा गर्ने जिकिर गर्नुभयो ।
महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here