वर्तमान सरकारमा सहभागी हुने सोच छैन : राजेन्द्र लिङ्देन


२८ फाल्गुन २०७९, आईतवार १६:०३ मा प्रकाशित


झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी हुने सोच पनि नरहेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको जिकिर गर्नुभयो ।

त्यस्तै उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने बिषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिनुभयो ।
यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पार्नुभयो । कार्यक्रममा सुरेश आचार्य लगाएतका व्यक्तिहरुलाई राप्रपा प्रवेश गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here