काठमाडौँ । १० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न नसकेपछि तीन जना उम्मेदवार हुने संभावना बढेर गएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन् ।
बैठकमा कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो ।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको अध्यक्ष राउतले बताउनुभयो ।






