श्री एयरलाइन्सको आजदेखि नियमित उडान


२७ फाल्गुन २०७९, शनिबार ०९:२१ मा प्रकाशित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान-अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ । 

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान-अवतरणमा प्रतिबन्ध लगाएको थियो ।

श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सका जहाजले शनिबारदेखि नियमित उडान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here