राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२४ फाल्गुन २०७९, बुधबार ०७:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निणर्य गर्नका लागि बैठक बोलाइको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार बैठक समसमायिक राजनीतिक विषयमा छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here