झापा । नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
मंगलबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले ५२ देखि ६२ साल सम्मका द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।
उहाले फौजादारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संक्रमणकालीन न्यायसंग सम्बन्धीत ऐनलाई परिमार्जित गरेर बिधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानून बनाउनुपर्ने र कानून अनुसार आयोग गठन गरेर सवै कामलाइ तार्किक निष्कर्षमा पुराउनुपर्ने बताउनुभयो ।
लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने बिषय सर्वोच्चलाइ राम्रोसंग जानकारी भएको बताउनुभयो ।






