आज तराईमा होली


२३ फाल्गुन २०७९, मंगलवार ०७:२३ मा प्रकाशित

झापा । तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ ।

बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, मोरङ, सुनसरी, झापालगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ ।

एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here