आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति हाे : रामचन्द्र पाैडेल


२१ फाल्गुन २०७९, आईतवार १७:१३ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ ।

आइतवार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाण्डौमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्नुभयो ।

उहाँले श्रम गर्नेलाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । श्रम गरेर बाँच्न वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो ।

उहाँले श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here