सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्राप्त गरे विश्वासको मत


२१ फाल्गुन २०७९, आईतवार १६:५३ मा प्रकाशित


झापा । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको थियो । शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

विश्वासको मतका विपक्षमा एमाले र राप्रपाका सांसद रहे । प्रदेशसभामा सभामुखबाहेक ५२ सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here