भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला , हत्या गरिएको आशंका


२१ फाल्गुन २०७९, आईतवार १५:३२ मा प्रकाशित

झापा । भारतमा अध्ययनरत बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको छ ।

उहाँ भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत हुनुहुन्थ्यो ।

गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो ।
मृतकका बावुका अनुसार सधैँ क्याम्पसबाट आएपछि घरमै बसेर पढ्ने रोहितलाई त्यस दिन उनका भारतीय साथीहरु श्रीनिवास, सुदर्शन र रिहान घरमै आएर घुम्न लिएर गएका थिए ।

साँझसम्म रोहित घर नफर्किएपछि साथीहरुलाई सोध्दा आफूसँग नगएको र रोहितको बारेमा थाहा नभएको जवाफ दिएको मृतकका छिमेकी दिपक खड्काले बताउनुभयो । हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here