स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनले सहकार्य गर्ने


२१ फाल्गुन २०७९, आईतवार १४:४८ मा प्रकाशित

झापा । आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजीत बुढाथोकीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि गठबन्धन गर्ने भएका हुन् ।

चार विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अहिले आफूहरुले सत्ताको विकल्प खोजिरहेको बताउनुभयो । अहिले राज्यका हरेक क्षेत्रमा सिन्डिकेट रहेको र विश्वविद्यालयमा रहेको राजनीतिक सिन्डिकेट तोड्नका लागि आफुहरु संगठित भएको जिकिर गर्नुभयो

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष्य नरेन्द्र विश्वकर्माले संसदीय राज्य व्यवस्थाको विरुद्ध कम्युनिष्ट शक्तिहरु एक हुनुको विकल्प नभएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here