मौसम परिवर्तनसँगै बिरामी बढ्न थाले


१८ फाल्गुन २०७९, बिहीबार ११:५३ मा प्रकाशित


झापा । मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो ।

मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।
एक हप्तासम्म पनि रुघाखोकी निको नभए परीक्षणका लागि अस्पताल जान डाक्टर पुनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here