आठ दलीय गठबन्धनले आज सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्ने


१८ फाल्गुन २०७९, बिहीबार ०९:४१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले आज सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।  

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई आज प्रशिक्षण दिन लागिएको हो।

८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागि हुने बताइएको छ।

पार्टीका शिर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here