आइपिओ निष्काशन गर्दै मोदी इनर्जी


१६ फाल्गुन २०७९, मंगलवार १२:४२ मा प्रकाशित


झापा । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख बराबरको प्रतिसेयर एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको छ ।

यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् २९ करोडको रु‍. एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्काशन गरिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here