राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाको केन्द्रीय कमिटी बैठक बस्‍दै


१५ फाल्गुन २०७९, सोमबार ११:५५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

राष्ट्रपतिमा कसलाई मत दिने,चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।

पार्टी कार्यालय वसुन्धारामा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक समीकरण,राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनु भयो ।

राष्ट्रपतिमा नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङले मनोनयन दर्ता गराउनु भएको छ ।

कांग्रेस उम्मेदवार पौडेलले शनिबार रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका गर्नु भएको थियो भने यता नेकपा एमालेले रास्वपालाई पत्र पठाएर आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ ।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकोमा सरकारबाट बाहिरिए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन । राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here