हिजो हेर्दाहेर्दैमा राखिएको सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज पनि हुँदै


१५ फाल्गुन २०७९, सोमबार ०६:५२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतमा हिजो हेर्दाहेर्दैमा राखिएको क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दिएको निवेदनलाई सँगै राखेर आइतबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here