प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर धोका दिएको एमाले अध्यक्ष ओलीकाे आरोप


१४ फाल्गुन २०७९, आईतवार १७:०४ मा प्रकाशित

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर धोका दिएको आरोप लगाउनु भएको छ ।

हातमा चक्कु लिएर फूल लिएको अभिनय गरेको उहाँको टिप्पणी रहेको छ ।

घाइते तथा शहीद परिवारको सम्मानमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले प्रचण्डले जसले प्रधानमन्त्री बनायो उसैलाई गम्भीर धोका दिएको बताउनु भयो ।

उहाँले प्रचण्डले अस्तिसम्म आफूसँग छक्याउने भाषा बोलेको आरोप ओलीले लगाउनु भयो ।

‘अस्तिको दिनसम्म मसँग छक्याउने भाषा बोल्नुभयो । तर, पुष्पकमलजीलाई मैले नचिनेको होइन, हातमा चक्कु लिएर बस्नु भएको थियो, फूल लिएको भन्नुभयो ।

चक्कुजस्तो देखिएको होला, तर यो फूल हो भन्नुभयो,’ ओलीले जनयुद्धका सहयोद्धालाई धोका दिनेले आफूलाई धोका दिनु अस्वाभाविक नभएको टिप्पणी गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here