बिर्तामोड महोत्सवको समयअवधि तीन दिन थपियो


१४ फाल्गुन २०७९, आईतवार १५:३७ मा प्रकाशित

झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ ।


उपभोक्ता र अबलोकनकर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णय गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताउनुभयो ।

गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालनहुने छ ।

महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिश खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिनुभयो ।

आयोजक समितिकाअनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ ।

महोत्सवको समय अवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासंग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here