प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित


१४ फाल्गुन २०७९, आईतवार १४:१८ मा प्रकाशित

झापा । राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा शहनाज रहमानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक फागुन १५ गते सोमवार बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here