राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने


१४ फाल्गुन २०७९, आईतवार १३:२७ मा प्रकाशित


झापा । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताउनुभयो । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उहाँले बताउनुभयो ।

हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपाबाट सिटौला मन्त्री हुनुभएको थियो । प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छैन । माओवादी केन्द्र र जसपा सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन् ।प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here