‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने


१३ फाल्गुन २०७९, शनिबार १६:०३ मा प्रकाशित

झापा । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ ।

यही फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने नेविसंघले जनाएको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले ह्याकाथुन कार्यक्रमको तयारी बारे जानकारी दिँदै अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको बताउनुभयो । उहाले विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको उहाको भनाइ छ ।

नेपाल विद्यार्थी संघले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here