राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता


१३ फाल्गुन २०७९, शनिबार १५:१३ मा प्रकाशित

झापा । राष्ट्रपति पदमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको निर्वाचन कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहनुभएको छ । त्यस्तै उहाको समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराउदै पौडेलले आफ्नो सर्वसम्मत बन्ने अपेक्षा र इच्छा रहेको र यसमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढने बताउनुभयो । त्यस्तै आफुलाई रास्वपा लगाएतका दलले साथ दिने दावी गर्नुभयो ।
पौडेलले ८ दलिय गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here