राप्रपाले बोलायो आकस्मिक बैठक, सरकारबाट बाहिरिने संकेत


१३ फाल्गुन २०७९, शनिबार ०७:४६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । 

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक आज बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । 
 
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

स्रोतका अनुसार राप्रपा सरकारबाट बाहिरने सम्भावना बलियो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here