राष्ट्रपति निर्वाचन र सरकारमा रहने/नरहने विषयमा निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै


१३ फाल्गुन २०७९, शनिबार ०७:३० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आज बिहान ९: ३० बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको एमाले सचिव टोपबहादुर रायमाझीले जानकारी दिए।

उनका अनुसार बैठकमा राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारेमा मूख्य एजेण्डा रहेका छन्।

फागुन २५ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ।

पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए।

यो गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी थिए। राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्।

कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here