काठमाडौं । राष्ट्रपति चुनावका कारण सत्ता समिकरण परिवर्तन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बिहान राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकले आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ८ दलले निर्णय गरेपछि सत्ता गठबन्धन संकटमा परेको थियो ।






