झापा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दावी गर्नुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका बिषयमा सवै दलहरुसंग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दावी गर्नुभएको हो ।
राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उहाको भनाइ छ । प्रवक्ता महतले एकीकृत समाजवादीसंग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अव कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उहाको भनाइ छ ।
उहाले अरु बिषयमा समाजवादीसंग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको जिकिर गर्नुभयो ।






