झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताउनुभएको हो । ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गर्नुभयो । उहाले अरु घटनाक्रममा बिषयमा आफुलाई केहि जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।






