राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो- तोसिमा कार्की


१२ फाल्गुन २०७९, शुक्रबार १६:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद तोसिमा कार्कीले सडक आयोजना निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गर्नु भएको छ ।

शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग‚ काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरूले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गर्नु भएको थियो ।

उहाँले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरूको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनु भयो ।

उहाँले टुँडिखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाका कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग माग्नु भएको थियो ।

राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभई आमजनता माथिको अपराध भएको उल्लेख गर्दै उहाँले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गर्न माग गरिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here