झापा । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीबाट कुनै जवाफ नआएको बताउनुभयो । उहाले अव पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सदन बिरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
उहाले यसअघि भएको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।






