रुकुम पूर्वमा ६ नाल बन्दुक भेटियो


९ फाल्गुन २०७९, मंगलवार १०:२८ मा प्रकाशित


झापा । रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ ।

हिजो जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बन्दुक भेटिएको हो ।

भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here