एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक


८ फाल्गुन २०७९, सोमबार १५:३८ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो जानकारी गराउनुभएको हो । आर्थिक पत्रकार समाज सेजनले सोमबार राजधानीमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक कार्यक्रममा उहाँले यस्तो जानकारी गराउनु भएको हो ।
एउटै व्यक्तिले धेरै लघुबित्तबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिका मार्फत कडाइ गर्ने तयारी भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here