सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री


७ फाल्गुन २०७९, आईतवार १७:३५ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताउनुभएको छ ।

आइतवार राष्ट्रिय समाचार समिति राससको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले २१ औँ शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषयमात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गर्नुभयो ।

उहाँले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि आफूलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त–दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र नागरिकको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भएमात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताउनुभयो ।

सूचना प्रविधिभन्दा बाहिर कुनै विषय र मुद्दा नरहेको बताउदै ,आजको २१ औँ शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषयमात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय भएको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासलई लिएर चौथो औद्योगिक क्रान्तिको रूपमा संश्लेषण गर्न थालेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here