झापा । नेकपा एमालेले २ महिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि शुक्रबारबाट २ महिने मिसन ग्रसरुटु सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअली माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै सुरुवात गर्नुभएको हो । यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ ।
एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ ।
केन्द्रीय नेताहरुलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको छ । प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की अनुमगनको जिम्मेवारी पाउनुभएको छ ।






