प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्दै


२९ माघ २०७९, आईतवार ०९:३१ मा प्रकाशित

काठमाडाैँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे शुरु हुनेछ ।

आजको बैठककाे सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री र मन्त्रीले विभिन्न प्रतिवेदन पेश गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेकाे छ । यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९/२०८० को बजेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा वक्तव्य दिनुहुनेछ ।

यस्तै सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको निधनप्रति शोक प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here